काठमाडौँ। साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसआघि बिहीबार चाँदी एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको थियो।