काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से बिहिबारको कारोबारमा भने दोहोरो अंकले सुधारिएकोछ ।
साताको अन्तिम दिन नेप्से ३५ अंकले वृद्धि भएर २४ सय ६४ अंकमा बन्द भएकोछ । कारोबार रकम पनि सुधारिएर आज २ सय २४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयरको खरीद बिक्री भएकोछ । बिहिबारको कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।
बिहिबार सबै भन्दा धेरै अन्य समूहको परिसुचक ३ अंकले वृद्धि हुँदा व्यापार समूहमा २ अंकले सुधारिएकोछ । बिहिबार बाणिज्य बैंक, विकास बैंक, वित्त, होटल तथा टुरिजम, जलविद्युत लगायतका समूह १ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
बिहिबारको कारोबारमा हिमालयन पावर पार्टनर र नेष्ठो समृद्धि लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकोछ भने नेपाल दुरसञ्चार, एक्सल डेभलपमेन्ट बैंकका लिमिटेडका लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा धेरैले कमाएका छन् । बिहिबार राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, इमर्जिङ् नेपाल लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमको आधारमा बिहिबारको कारोबारमा नविल बैंक लिमिटेडको ७ करोड माथिको कारोबार भएको छ भने दाेस्रो र तेस्रो स्थानमा प्राइम कमर्सियल बैंक र हिमालयन डिष्ट्रीलरी लिमिटेड रहेकोछ जसको ६ करोड माथिको करोड माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।