काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।