काठमाडौं । परम्परागत बाजा संरक्षण अभियानमा सहभागी युवायुवतीले भक्तपुरमा आयोजित एक प्रशिक्षण कार्यक्रममा बाँसुरी प्रशिक्षण लिएका छन् । भक्तपुर नगपालिका वडा–७ गोःमारी यातास्थित सहलह बचत तथा ऋण सहकारी सस्थाद्वारा आयोजित बाँंसुरी बाजा प्रशिक्षण आइतबार सकिएको हो ।
परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवम् नयाँ पुस्तालाई प्रशिक्षण दिने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ साकोलाङका गायक तथा संगीतकार राजकुमार मानन्धरले प्रशिक्षण दिएका थिए ।
लकडाउनको समयमा अनलाइनमार्फत् कक्षा सञ्चालन गर्दै आएकाले अहिले प्रत्यक्ष रुपमा यो कार्यक्रम संभव भएको मानन्धरले बताए । नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी विभिन्न समयमा भौतिक उपस्थितिमा समेत कक्षा सञ्चालन गर्ने गरिदै आएकाो थियो ।
सहभागीहरु सबै एउटै रङ्गको दौरा सुरुवाल, टोपी र इस्टकोटमा सहभागी भएका थिए । पोशाक र बाँसुरी आफैले किनुपर्ने व्यवस्था गरिएको थियो । प्रशिक्षण अवधिभर प्रशिक्षकलगायतका अरु खर्च सबै सहाकारीले बेहोरेको जनाइएको छ ।