काठमाडौं । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका २ र ४ का ८ सय किशोरी र महिलालाई स्यानिटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ ।
बडीमालिका नगरपालिकाका उपमेयर कविता बिष्ट भन्छिन्, ‘किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो ।’
बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका प्याड वितरण गरिएको हो ।
वडा नम्बर ८ मा बुधबार ७ लाख ५० हजार बराबरको र वडा नम्बर २ मा ३ लाख बढीको प्याड, नुहाउने साबुन, ब्रस लगायका सामग्री वितरण गरिएको हो ।
बडीमालिका नगरपालिका २ र ८ वडालाई मार्च ८ मा छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ ।