काठमाडौं । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला भैरहेको बताएका छन् । उक्त हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् ।
यति नै बेला युक्रेनको राजधानी वरपर विसाल बिस्फोट भएका समाचार विवरण सार्वजनिक भैरहेका छन् । सहरमा रुसी ट्याङ्कलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ ।
यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ ।
२ लाख ६० हजार मानिसहरुको बसोबास रहेको सुमी युक्रेनको क्षेत्रीय राजधानी हो । यो रुसी सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको छ ।
स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी बख्तरबन्द गाडीहरु राजधानी किभतर्फ प्रस्थान गरेको बताएका छन् । । नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालिसकेको पनि उनले जानकारी दिएका छन् ।
(एजेन्सीको सहयोगमा)