काठमडौं । भायोनेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ । अब ग्राहकहरूले ८००।७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो ।
यस अफरमार्फत् ग्राहकहरूले उच्चगतिको इन्टरनेटको साथसाथै मनोरञ्जनात्मक च्यानलहरु, दुवैको मज्जा लिन सक्छन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५ च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्छन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो ।
ग्राहकले अझै पनि रु. ८०० प्रति महिनामा यो अफरको लाभ लिन सक्छन् । यसबाहेक भायाटिभीको सेटउप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ । जसमार्फत् प्रयोगकर्ताले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्छन् ।
मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत् भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभीको सुविधाहरू लिन सक्छन् ।
उच्चगतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अलल्ट्राफाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्राफाई प्याकको विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायोटिभीहरू पनि उपलब्ध छन् ।
यसको मूल्य मात्र रु. १ हजार २५० प्रति महिना रहेको छ । मिनी प्याकमार्फत् भायोनेटले उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको आवश्यकता पूरा गर्ने आशा राखेको छ ।