• फाल्गुन २६ २०८२, मंगलवार

राष्ट्रपति पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा, डोनेट्स्क क्षेत्रमा विस्फोट

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् । रुस–युक्रेन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत सैन्य कारबाहीको घोषणा गरेका हुन्।

सैन्य कारबाहीको घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको छ ।

विस्फोटको थप विवरण आउन बाँकी छ ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति पुटिनले कुनै जवाफ नदिएको प्रतिक्रिया दिएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झण्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको समेत बताएका छन् । उनले यो आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह समेत गरेका छन्।