• मंसिर ७ २०८१, शुक्रबार

नेदरलल्याण्डले तिरायो एप्पललाई ५७ लाख जरिवाना

फाल्गुन ११ २०७८, बुधबार

एजेन्सी । नेदरल्याण्ड्सको एकाधिकार विरोधी नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि ५७ लाख डलर बराबरको जरिवाना गरेको छ । कम्पनीको डेटिङ एप सस्क्राइब गर्न एप्पलका उत्पादन बाहेकको माध्यमबाट भुक्तानी दिन नमिल्ने व्यवस्था राखेको भन्दै जरिवाना गरिएको हो ।

यसअघि पनि निरन्तर नेदरलल्याण्डको नियामकले एप्पलमाथि सोही मुद्दामा जरिवाना सुनाउँदै म्याद थप्दै आइरहेको छ । यद्यपि एप्पलले भने नियामकको माग अझैसम्म पनि सम्बोधन गरेको छैन ।

नेदरल्याण्डको अथोरिटी फर कन्ज्युमर एण्ड मार्केट्स (एसीएम)ले एप्पलले बजारमा आफ्नो बलियो उपस्थितिको फाइदा उठाउँदै आफ्नो भुक्तानी सेवा प्रयोग गर्न बाध्य बनाएको बताएको छ ।

यसअघि एसीएमले एप्पललाई जनवरी १५ मा अन्य माध्यमबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर, एप्पलले उक्त म्यादमा पनि निर्देशन पालना भने गरेन । त्यससँगै एसीएमले ५० लाख डलर जरिवाना लगाएको थियो ।