• फाल्गुन २६ २०८२, मंगलवार

अहमदाबाद विष्फोट प्रकरण : ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई आजीवन जन्मकैद

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। भारतको विशेष अदालतले अहमदाबादमा सन् २००८ मा भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइएको छ ।अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

सन् २००८ मा भारतको अहमदावादमा भएको बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषि ठहर र २८ जनाले सफाइ पाएका छन् ।

१३ वर्षसम्म चलेको सुनुवाइमा ११ सय ६३ जनाले बयान दिएका थिए । साथै प्रहरीले छ हजार प्रमाण पेश गरेको जनाइएको छ ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए ।