• बैशाख २२ २०८३, मंगलवार

काठमाडौंबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौँ । प्रहरीले काठमाडौंको नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियामा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उनीहरुलाई १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्ने रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलमर हेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।