काठमाडौं । एमसीसीको विषयमा सहमति जुटाउन बिहिबार गठबन्धनको ‘निर्णायक बैठक ’ बोलाइएको छ ।
बुधबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएको छ ।
जसपा पनि एमाले जस्तै पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।
अध्यक्ष यादव बिहीबार सिरहामा राखिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाने हुनाले गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।