काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले अब बस्ने बैठकमा भने कुनैपनि हालतमा एमसीसी टेबुल गर्ने अडान लिएका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणसँग एमसीसी आजै टेबुल गर्ने तयारी भएपनि सहमतिको लागि भोलि एक दिनको समय लिएको बताएका थिए । उनले भने –‘एमसीसी आजै टेबुल गर्ने कुरा थियो, तर सहमतिको लागि भोलि एक दिन छलफल हुन्छ, सहमति भएपनि वा नभएपनि अब बस्ने बैठकमा भने एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ । यो विषयमा संसद्मा छलफल होस भन्ने म चाहन्छु ।’