काठमाडौं । दक्षिण एशिया क्षेत्रमा स्थिरताको निम्ति भारत र अमेरिकाले मिलेर काम गर्ने भएका छन् । व्हाइट हाउसको मुख्य उप प्रेस सचिव काराइन जीन पियरेले भारत क्षेत्रीय विकासको इन्जिन रहेको भन्दै त्यस क्षेत्रमा मिलेर काम गर्ने बताएका हुन् ।
उप प्रेस सचिवले भारतलाई दक्षिण एशिया र हिन्द महासागरमा एक समान विचारधारा भएको मित्र भएको बताउँदै दक्षिण पूर्व एशियामा पनि सक्रिय रही अमेरिकासित जोडिएको बताए ।
व्हाइट हाउसमा संवाददातासित कुराकानीमा केही दिनअघि अमेरिका, भारत, जापान र अस्ट्रेलियाको संगठन क्वाडका विदेश मन्त्रीहरूको सम्मेलनको चर्चा गर्दै जीन पियरेले भने, ‘यस सम्मेलनले यूक्रेनमाथि आइरहेको आफतमाथि चर्चा गर्ने अवसर दिएको छ । विदेश मन्त्रीहरू रूसको आक्रामकताविरुद्ध यूक्रेनको निम्ति मात्र नभइ पूरा विश्वको निम्ति अघि आएको समेत भनेका छ ।’
क्वाड सदस्यहरूको बैठकहरूमा अन्तरराष्ट्रिय व्यवस्थाको निम्ति रूसद्वारा उत्पन्न भैरहेको चुनौतीहरू र यूरोपेली सहयोगीहरूको समर्थन गर्ने तत्परतामाथि पनि चर्चा हुनेछ । भारतको साथ अमेरिकाले एक रणनीतिक साझेदारी गरिराख्नेछ जसमा अमेरिका र भारतले दक्षिण एशियामा स्थिरतालाई प्रोत्साहन दिने काम गर्नेछन्।
स्वास्थ्य, अन्तरिक्ष, साइबर स्पेस जस्ता नयाँ क्षेत्रहरूमा सहयोग गर्नका लागि दुवै देश साथमा आउनेछन् र एक स्वतन्त्र र खुल्ला हिन्द–प्रशान्तको निम्ति मिलेर काम गर्नेछन् ।