काठमाडौं । आज फेब्रुअरी १६ । आजका दिन विश्वमा धेरै महत्वपूर्ण घटनाहरु भएका थिए । जसका कारण विश्व आजको यो अवस्थामा छ । आजका दिन घटेका घटनाले विश्वमा प्रमुख भूमिका निर्वाह गर्न नसके पनि तिनले विश्व शक्ति सन्तुलनमा भने विशिष्ट र मौलिक भूमिका निर्वाह गरेका छन् ।
१. फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री घोषणा :
आज फेब्रुअरी १६ कै दिन सन् १९५९ मा फिडेल क्यास्ट्रोलाई क्युबाका प्रधानमन्त्री घोषणा गरिएको थियो । अमेरिकाको नाकैमुनि रहेको क्युवामा उनले राष्ट्रवादी आन्दोलन निर्माण गरी सम्पूर्ण क्युवालीहरुलाई एक ठाउँमा उभ्याएका थिए । 
उनलाई क्युवाली राज्य परिषदको अध्यक्षमा निर्वाचित गरिएको थियो । सन् १९५९ देखि १९७६ डिसेम्बरसम्म क्यास्ट्रोको शासन काल रहेको थियो । उनले सन् २००८ को फेब्रुअरीमा आफ्नो पदबाट राजीनामा दिएपछि उनी सक्रिय राजनीतिबाट विश्राम लिन पुगेका थिए ।
२. किम जोङ इलको जन्म :
आज फेब्रुअरी १६ कै दिन उत्तर कोरियाली नेता किम जोङ इलको जन्म भएको थियो । सन् १९४१ को १६ फेब्रुअरीमा कोरियाको उत्तरमा रहेको माउन्ट पाएकटुस्थित गुरिल्ला बेसक्याम्पमा भएको थियो । यो कोरियाको सबैभन्दा अग्लो पहाड हो ।
भनिन्छ, उनको जन्म हुँदा आकाशमा जुम्ल्याहा ईन्द्रेणी देखिएका थिए । लामो समय शासन गरेपछि इलको सन् २०११ को डिसेम्बर १७ मा मृत्यु भएको थियो ।
३. क्योटो प्रोटोकल कार्यान्वयन :
सन् २००५ को १६ जनवरीदेखि क्योटो प्रोटोकल कार्यान्वयनमा आएको थियो । सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्योटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन ।
४. हेजबुल्लाह समूहको स्थापना :
आज फेब्रुअरी १६ कै दिन सन् १९८५ मा हेजबुल्लाह समूह स्थापना भएको थियो । लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबुल्लाहलाई विभिन्न पश्चिमेली मुलुकहरुले आतकंकारी संगठनका रुपमा वर्गीकरण गरेका छन् ।