काठमाडौं । आन्दोलन चर्किंदै गएपछि एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।
प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए । एमसीसी संसदबाट पास गर्न नहुने माग गर्दै विभिन्न दलहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । आज काठमाडामैंमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी झण्डै सयजनालाई पक्राउ गरेको छ ।