काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा अमेरिकी एमसीसी नराख्ने बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख सापकोटाले सो कार्यसूची सुनाएका हुन् ।
केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको थियो । तर सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा कार्यसूचीबाट हटाइएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छलफलपछि सत्तारुढ गठबन्धनको बैठकपछि मात्रै एमसीसीलाई संसदमा लैजान लागिएको हो ।