• बैशाख २१ २०८३, सोमबार

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

फाल्गुन ३ २०७८, मंगलवार

गण्डकी । गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ ।

भोलि अर्थात फागुन ४ गते प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।