काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔैँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔं, कांग्रेस जिताऔैं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेता डा प्रकाशशरण महतले भने – ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ । यो अभियान २० फागुनसम्म चल्ने उनले बताए ।