काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।
राजदूत सईद प्रधानसेनापति शर्मासँग भेट गर्न सैनिक मुख्यालय जङ्गीअड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।