• बैशाख २२ २०८३, मंगलवार

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ। संस्कृतिविद् सत्यमोहन जोशी ६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।