काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ ।
पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो ।हत्या लगत्तै उनको शव रुखमा झुन्डाइएको थियो ।
समाचारमा जनाइएअनुसार ती आरोपितलाई प्रहरीले नियन्त्रणमा लिए पनि भीडले प्रहरीबाट खोसेर आफ्नो नियन्त्रणमा लिएर हत्या गरेको थियो।
पाकिस्तानमा इस निन्दाको आरोपमा यसरी ब्यक्तिको हत्या भएको यो पहिलो घटना भने होइन । गत डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एक जना श्रीलंकनको हत्या गरिएको थियो । (एजेन्सी )