काठमाडौं । नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा विशेष अफर ल्याएको छ । टेलिकमले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो ।
अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।