काठमाडौँ। केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो। बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।