• बैशाख २२ २०८३, मंगलवार

नाइस टेलिभिजन पाँचौ वर्षमा प्रवेश

फाल्गुन १ २०७८, आईतवार

नाइस टेलिभिजन एचडी पाँचौ वर्षमा प्रवेश गरेको छ । यो मिडिया २०७५ साल फागुन १ गते स्थापना भएको हो । यो टेलिभिजन स्याटलाइटद्वारा विश्वभर हेर्न सकिन्छ ।

नेपालमा व्यावसायिक टेलिभिजनको विस्तार दिन प्रतिदिन बढ्दै गइरहेको बेला आजकै दिन अर्थात् २०७५ साल फाल्गुण १ गते जनताको अधिकार र राष्ट्र निर्माणमा टेवा दिन यो टेलिभिजनको स्थापना भएको हो ।

यो टेलिभिजनले विकास निर्माण तथा जनताको चेतनामा बृद्धि गर्नमा टेवा पुर्याएको दावी गरेको छ । यस च्यालनले खासगरी समाचार, अपडेट न्यूज, टपटेन न्यूज तथा अन्य सूचना मार्फत् पनि जनतालाई सूसुचित गर्दै राष्ट्रहितको लागि काम गरेको बताएको छ । यो टेलिभिजनले जनताका अधिकार तथा आवाज विहीनको आवाजलाई सम्बन्धित निकायमा पुर्याउनका लागि निरन्तर लागिपरेको बताएको छ ।