• बैशाख २२ २०८३, मंगलवार

बार एशोसिएशनले भोलिदेखि पुनः भौतिक रूपमै आन्दोलन गर्ने

माघ २९ २०७८, शनिबार

काठमाडौं । नेपाल बार एशोसिएशनले भोलिबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो ।

बारले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट गर्दै आएको विरोधका कार्यक्रम अब भने भौतिक रूपमै गर्न लागेको हो ।

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् ।