• बैशाख २२ २०८३, मंगलवार

मगमग चाउचाउ उद्याेगमा लागेकाे आगाे अझै नियन्त्रणमा आएन

माघ २९ २०७८, शनिबार

काठमाडौँ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

शनिबार बिहान पाँच बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी रहेको र अहिले करिब दुई दर्जन दमकल परिचालन गरिएको छ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अहिले दमकलको सहयोगमा सुरक्षकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

उद्योगमा प्लाष्टिकको मात्रा धेरै भएकाले आगो निभाउन गाह्रो भइरहेको बताइएको छ।

आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण आउन भने बाँकी छ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।