• बैशाख २१ २०८३, सोमबार

गृहमन्त्री खाँणलाई भेट्न पुगे जनमत पार्टीका उपाध्यक्ष चौधरी र महासचिव सिंह

माघ २८ २०७८, शुक्रबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंह गृह मन्त्रालय पुगेका छन् ।

शान्ति पूर्णरूपमा आन्दोलनको क्रममा गिरफ्तार गरिएको आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइका लागि माग गर्दै उपाध्यक्ष चौधरीले गृहमन्त्रीसँग भेट गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरेको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने बताए ।