• बैशाख २१ २०८३, सोमबार

फागुन १३ गते कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्ने

माघ २८ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्नेगरी मिति टुंग्याइएको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।

उनले फागुन १० गतेभित्र अधिवेशन हुन बाँकी रहेका वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइसक्नुपर्ने गरी मिति तोकिएको बताए ।