• फाल्गुन २६ २०८२, मंगलवार

लिबियाका प्रधानमन्त्रीमाथि राजधानीमै गोली प्रहार, के छ पछिल्लो अवस्था ?

माघ २८ २०७८, शुक्रबार

२८ माघ, काठमाडौं । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेबाहको काफिलेमालाई बन्दुकधारीहरूले आक्रमण गरेका छन् । लिबियाको आन्तरिक मन्त्रालयलका अनुसार बिहीबार राजधानी त्रिपोलीमा प्रधानमन्त्रीलाई लक्षित गरि आक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल अरबीले एक विज्ञप्तिमा भने, ‘आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो ।’

आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल अरबीले ‘देशको राजनीतिक घटनाक्रम’ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् । ‘आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,’ प्रवक्ताले भने, ‘अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ ।’ यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र ‘निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने ’ बताएका थिए ।

उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।

लिबियाको संसदले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो । लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो, तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।