• मंसिर १४ २०८१, शुक्रबार

पर्यटनमन्त्री आले सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे

माघ २७ २०७८, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

किस्ट मेडिकल कलेजमा उपचाररत जोशीलाई आज मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री आलेलाई जानकारी गराएका थिए ।  जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।