• बैशाख २१ २०८३, सोमबार

प्रधानमन्त्री देउवाद्वारा चन्द्रकान्त दाहालकी धर्मपत्नीको निधनप्रति दुःख व्यक्त

माघ २७ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्वसांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज शोक सन्देशमार्फत दाहालप्रति  श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका हुन् ।

दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको तथा उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।