• बैशाख २१ २०८३, सोमबार

राजश्व नतिर्ने ५ तारे होटेल याक एण्ड यती सिल गर्ने पर्यटनमन्त्री आलेको तयारी

माघ २६ २०७८, बुधबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटल सिल गर्ने तयारी थालेको छ ।

४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिरेको याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने मन्त्रीस्तरीय बैठकबाट निर्णय भएको पर्यटन विभागले जनाएको छ ।

होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णय समेत भएको विभागले जनाएको छ ।

मन्त्री आलेले रोयल्टी नबुझाउने क्यासिनो सन्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए । यसबीचमा रोयल्टी नतिरी फरार हुन लागेका क्यासिनो सन्चालक माइक बोल्सोभरलाई अध्यागमनबाटै रोक्न लगाएका थिए । यसबीचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।