काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ ।
आयोगले वैशाख ३० का लागि तोकिएको निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।
कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कार्यदलमा नेपाल सरकारका आईटी विज्ञहरू रहेका छन् ।
बुधबार निर्वाचन आयोगमा विज्ञहरुसंग भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।