काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशकमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल नियुक्त भएका छन् ।
यसअघि नियुक्त भएका दीपक काफ्लेको ५ महिनामै सरुवा भएको हो । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्।
मन्त्री श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेका अनुसार मन्त्रालयको सामाजिक सुरक्षा महाशाखामा कार्यरत पौडेललाई विभागमा पठाइएको हो ।
यस्तै ईपीएस शाखाको प्रमुख पनि परिवर्तन गरिएको छ। सुरेश राउतलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयमा रहेका उपसचिव पुष्प कट्वाललाई ईपीएस शाखाको जिम्मेवारी दिइएको छ।