काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको हो।
बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित कमला ओली शिवाकोटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन्।उनीहरुलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो। उनीहरुलाई वन मन्त्री रामसहाय यादवको प्रस्तावमा बर्खास्त गरिएको स्रोतले जानकारी दियो।
समितिका अध्यक्ष यादवसहित केही सदस्यले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री यादवले उनीहरुलाई स्पष्टिकरण सोधेका थिए।