• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप १,३८६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

माघ २३ २०७८, आईतवार

काठमाडौं । देशभर थप १ हजार ३८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा गरी जम्मा १,३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ, भने ८ हजार ७०४ जना डिस्चार्ज (निको) भएका छन् । यसैबीच पछिल्ले समय ७९ हजार ९५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका स्वास्थय मन्त्रालयले जनाएको छ ।