• बैशाख २० २०८२, शनिबार

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिसिएमसीको सिफारिस, फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

माघ २३ २०७८, आईतवार

काठमाडौँ। काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।

सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन् ।

यस्तै सिसिएमसीले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधि सहज बनाउन सिफारिस गरेको छ।