बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका शाह शनिबार काँग्रेसमा प्रवेश गरेका हुन्।
शाहसँगै कृष्णनगर नगरपालिका ९ का वडाध्यक्ष राम मिलन चौरीसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस कपिलवस्तुले जनाएको छ।
उनीहरुलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेकप्रताव शाह, अतहर कमाल, जिल्ला सभापति अब्दुल कलाम, पूर्वपार्टी सभापति सुधाकर पाण्डेले स्वागत गरेका छन्।