• बैशाख १९ २०८२, शुक्रबार

७९८ एम्पुल लागू औषधसहित मकवानपुरबाट एक युवती पक्राउ

माघ २२ २०७८, शनिबार

मकवानपुरको बस्तीपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ बस्तीपुरबाट शुक्रबार रातिको समयमा ७९८ एम्पुल लागू औषधसहित युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौडा–१९ बस्तिपुरस्थित डेरा गरेर बस्दै आएकी २९ वर्षीया नानीमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित बस्तिपुरस्थित उनकै डेरा कोठाबाट उनलाई पक्राउ गरेको हो।

 

प्रहरीले उनको डेराबाट डाईजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल गरी कुल ७ सय ९८ एम्पुल लागू औषध बरामद गरेको छ ।

लागुऔषधसहित खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।