काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकलाई सरल सहज र गुणस्तरीय सेवा दिन मन्त्रालयको बढाएको बताएका छन् ।
हेटौडामा आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले मन्त्रालय बढाउनुको कारण बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा उल्लेख गरेका छन् । जसमध्ये मन्त्रालय विभाजन, सार्वजनिक विदादेखि नि:शुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ। पाण्डेले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा पदन मन्त्रालय वृद्वि गरेको कुरा उल्लेख गरिएको छ।
त्यस्तैगरी, मकवानपुर, चितवन र धादिङको चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको कुरा उल्लेख छ।
आफूहरुले चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको भन्दै मुख्यमन्त्री पाण्डेले सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको बताए ।