• बैशाख १९ २०८२, शुक्रबार

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली भोलिसम्म यथावत

माघ २१ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली भोलिसम्म   यथावत रहेने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सो कुराको जानकारी दिएका हुन् ।

उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। अब जोर-बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार बैठक गरेर निर्णय लिइने भन्दै काठमाडौँका सिडिओ रिजालले भने, ‘अहिलेलाई जोर-बिजोर भोलिसम्म यथावत छ। आइतबार सिसिएमसीको बैठक बस्ने भन्ने कुरा छ। त्यसैले हामी पनि आइतबार बैठक बसेर यसबारे निर्णय लिन्छौं।’