• बैशाख १९ २०८२, शुक्रबार

सी जिनफिङसित वार्ता गर्न रुसी राष्ट्रपति बेइजिङ पुगे, अमेरिका तनाबमा

माघ २१ २०७८, शुक्रबार

रुसी राष्ट्रपति भ्लादमिर पुटिन चीनको राजधानी बेइजिङ पुगेका छन् । सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक–२०२२ को उद्घाटन समारोहमा सहभागी हुन पुटिन केहीबेर अघि बेइजिङ पुगेका हुन् ।

यो भ्रमण पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो । बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन् । उनीहरुबिच ग्यास पाइपलाइन बनाउने लगायत विषयमा सम्झौता हुने बताइएको छ ।

पछिल्लो समय युक्रेनको सीमामा रुसले १ लाखभन्दा बढी सेना जम्मा गरेपछि उसले युक्रेनमाथि आक्रमण गर्न लागेको चर्चा छ । अमेरिकाले आफूसितको सम्झौता उल्लंघन गरी युक्रेनको सिमानामा नेटोको संयुक्त फौज तैनाथ गरेका कारण आफूले पनि आफ्ना सेना तैनाथ गरेको रुसको भनाइ रहेको छ । यसै घटनाका कारण अमेरिका लगायत पश्चिमा मुलुकहरूसँग रुसको तनाव बढेको छ ।

चीनको सिन्जियाङमा वुइगुर मुस्लिम समुदायमाथि चीनले दमन गरका कारण उनीहरुको मानव अधिकारको हनन् भएको आरोप लगाउँदै अमेरिका लगायतका मुलुकले बेइजिङ ओलम्पिक कूटनीतिक बहिष्कार गरेका छन् ।