• बैशाख १९ २०८२, शुक्रबार

मधेश प्रदेशमा हावाहुरीले दुई विद्यार्थीसहित तीनको मृत्यु

माघ २१ २०७८, शुक्रबार

जनकपुरधाम। मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ।

ठुलो हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थीको मृत्यु भएको छ भने रौतहटमा घर ढल्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको हो।

हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको बताइएको छ।

त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उनीसँग घरमा बाधेका दुई वटा बाख्रा पनि मरेका छन् ।