• बैशाख १९ २०८२, शुक्रबार

झारफुकको नाममा बालिकाको हत्या आरोपी ‘माता’ जेल चलान

माघ २० २०७८, बिहीबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले झारफुक गर्ने क्रममा बालिकाको हत्या गरेको आरोप लागेकी ‘माता’ उमा ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको छ ।

अदालतले थुनछेक आदेश गर्दै ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको हो ।

नागार्जुन नगरपालिका-१ रानीवनमा झारफुकका लागि राखिएकी एक १४ वर्षीया बालिकाको पुस २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।