काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)का सबै स्थगित भएका परीक्षाहरु सञ्चालन हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना जारी गर्दै स्थगित भएका सबै परीक्षाहरू फागुन ६ गतेदेखि पुन: सुचारू गर्ने जानकारी दिएको हो।
सिटिइभिटीले सम्पूर्ण परीक्षा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने बताएको छ।
यसअघि कोभिड-१९को सङ्क्रमण तिव्र गतिमा फैलिएपछि सिटिइभिटीले परीक्षालाई स्थगित गरेको थियो।