• बैशाख १९ २०८२, शुक्रबार

मधेसमा पत्रकारहरूका लागि ७ लाखसम्मको बिमा व्यवस्था

माघ १८ २०७८, मंगलवार

जनकपुरधाम । मधेस प्रदेशमा पत्रकारहरूका लागि ७ लाखसम्मको बिमाको व्यवस्था गरिने भएको छ ।

जनकपुरधाममा मंगलबार आमसञ्चार प्राधिकरणले गरेको कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले पत्रकारहरूका लागि बिमाको व्यवस्था हुन लागेको जानकारी दिदै पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर बिमा हुन लागेको बताए ।

मन्त्री साहले मधेस प्रदेशका पत्रकारहरूको स्वास्थ्यका साथै दुर्घटना बिमा गर्न आमसञ्चार प्राधिकरणले काम अगाडि बढाउने पनि जानकारी दिए ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले ७ लाखसम्मको बिमा गरिने जानकारी दिए । उनले पत्रकार अस्वस्थ्य भएमा वा दुर्घटनामा परेमा १ लाखसम्म र अशक्त वा मृत्यु भएमा ७ लाख दिइने जानकारी दिए ।