एजेन्सी । पाँच वर्ष भन्दा कम उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन मिल्ने तयारी हुँदैछ । फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार जनाएका हुन् ।
द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने जनाएका हुन् ।
गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बूस्टर मात्रालाई अनुमोदन गरेको थियो ।