काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
वृद्धिदर मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।
यस्तै आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।