• बैशाख १९ २०८२, शुक्रबार

स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्न सरकार र आयोग सहमत

माघ १८ २०७८, मंगलवार

काठमाडौँ। सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो ।

छलफलपश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता रहेको सुझाव पत्रमा भनेको छ ।

प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शपछि तयारी अघि बढाउनसमेत निर्देशन दिइसकेका छन् । साथै, सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्नेछ ।